death

को’रोना संक्रमणका कारण विश्वभर १६० नेपालीको मृत्यु

काठमाडौं ०४ साउन। को’रोना महामारी बाट संसारले अझै उन्मुक्ति पाउन सकेको छैन। जसमध्य नेपाल जुन भौगोलिक रुपले सानो छ। तर पनि नेपालमा को’रोना संक्रमितको संख्या १७,५०२ पुगिसकेको छ।

यसैबिच विश्वभर को’रोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय पुगेको छ। विदेशमा १ सय ६० र नेपालमा ४० जनाको मृत्यु भएको छ। विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएर विदेशमा कूल मृत्यु १६० पुगेको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र यूएईमा ५ जनाको निधन भएको हो । कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको निधन हुनु भन्दा पहिला को’रोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि को’रोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।

शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको को’रोना संक्रमणका कारण निधन भएको स्वास्थ्य समितिका संयोजक सापकोटाले डिसीनेपाललाई बताए । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार विदेशमा जम्मा को’राना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु को’रोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा को’रोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना को’रोना भाइरसबाट मुक्त भएका छन् ।

समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै को’रोना भाइरसको संक्रमण रोकिएको छैन । विदेशमा ३० हजार ५ सय ७१ जना नेपाली संक्रमित भएकोमा २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जनामा नेपालीहरुमा यो साता को’रोना संक्रमणमा बृद्धि भएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्