vaccin

को’रोना भा’इरस वि’रुद्धको खोप निर्माणमा नयाँ आशा -यस्तो छ यसको प्र’तिरोधी क्षमता

अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरिरहेको को’रोना भाइ’रसवि’रुद्धको सम्भावित खो’प सुरक्षित र भाइ’रसविरुद्ध प्रतिरोधी क्षमता बढाउने देखिएको छ । १ हजार ७७ जनामा गरिएको खो’पको परीक्षणमा उनीहरुको शरीरले भाइ’रसविरुद्ध ल’ड्ने एन्टी’बडी र टी–सेल निर्माण गरेको पाइएको हो ।

यो निकै उत्साहजनक खबर हो । तर, अहिले नै यस खो’पले को’रोना भा’इरसविरुद्ध आवश्यक सुरक्षा प्रदान गर्छ भनेर भन्नु हतारो हुनेछ । यो सुनिश्चित गर्नका लागि ठूलो संख्यामा परीक्षण जारी रहेको छ । बेलायतले खो’पको १० करोड डोज अर्डर गरिसकेको छ ।

सीएचएडीओएक्सव१ एनकोभ–१९ नाम दिइएको खो’पलाई निकै तीव्र गतिमा निर्माण गरिदैछ । यसलाई चिम्पान्जीलाई रुघाखोकी लाग्ने भाइ’रसलाई जेने’टिकल्ली इन्जिनियर गरेर तयार गरिएको हो । मानिसलाई संक्रमण नहोस् भनेर र को’रोना भा’इरस जस्तो बनाउन यसमा थुप्रै परिवर्तनहरु गरिएका छन् ।

को’रोना भा’इरसले हाम्रो शरीरमा आ’क्रमण गर्नका लागि प्रयोग गर्ने स्पाइक प्रोटिनको जेनेटिक इन्सट्रक्सनलाई वैज्ञानिहरुले निर्माणाधिन खो’पमा ट्रान्सफर गरेका छन् । यसको अर्थ खो’प को’रोना भा’इरससँग मिल्दोजुल्दो छ । यसले हाम्रो शरीरको प्रतिरोधी क्षमतालाई भा’इरससँग ल’ड्न सिकाउँछ ।

के हो ए’न्टीबडी र टी सेल्स भनेको ?

को’रोना भाइ’रसको कुरा गर्दा धेरै ध्यान ए’न्टीबडीमा दिइन्छ । तर, यो हा’म्रो श’रीरको प्र’तिरोधी क्षमताको एक अं’ग मात्र हो । एन्टीबडी भनेको हा’म्रो शरीरको प्रतिरोधात्मक व्यवस्थाले निर्माण गरेको स–साना प्रो’टिन हुन् जुन भाइ’रसको सतहमा टाँसिन्छन् । यसले को’रोनाभाइ’रसलाई निष्क्रिय बनाइदिन्छ ।

त्यस्तै, टी–सेल्स भनेको एक प्रकारको ह्वाइट ब्लड सेल हो । यसले हा’म्रो श’रीरको प्रतिरोधी क्षमतालाई श’रीरको कुन कोष’मा भा’इरसको संक्रमण भएको छ भनेर पहिचान गर्न मद्दत गर्छ र त्यसलाई न’ष्ट गर्न सहयोग पुर्याउँछ । सबै प्रभावकारी खो’पमा एन्टीबडी र टी–सेल हुन्छन् ।

यो खो’प दिएको १४ दिन पछि टी–सेल र २८ दिनपछि एन्टीबडी उच्च तहमा पुगेको देखिएको छ । तर, यो कति लामो समयसम्म रहन्छ भनेर लामो समयसम्म भने अध्ययन नगरिएको लेन्सेन्टमा प्रकाशित रिपोर्टमा जनाइएको छ ।

अध्ययनमा खो’प दिइएका ९० प्रतिशत व्यक्तिको शरीरले एक डोजपछि नै एन्टीबडी निर्माण गर्न सुरु गरेको थियो । १० जनालाई मात्र दुई डोज दिनुपरेको थियो । उनीहरु सबैको शरीरले एन्टीबडी निर्माण गरेको थियो ।

के यो सुरक्षित छ ?

छ, तर केही साइड इफेक्ट पनि देखिएका छन् । ख’तरनाक नभएपनि ७० प्रतिशतलाई ज्व’रो र टाउको दु’ख्ने स’मस्या देखिएको छ । तर, अध्ययनकर्ताहरुले यसलाई प्यारा’सिटा’मोलले नियन्त्रण गर्न सकिने बताएका छन् ।

अब के ?

हालसम्मको विकास उत्साहजनक छ । तर, यो खो’प सबैका लागि सुरक्षित छ भनेर सुनिश्चित गर्न जरुरी हुन्छ । अब बेलायतमा १० हजार जना यो खो’पको परीक्षणमा सहभागी हुँदैछन् । बेलायतमा को’रोना भाइ’रस संक्रमितको संख्या घट्दो क्रममा रहेको कारणले अमेरिकामा ३० हजार, दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार जनामा यो परीक्षण गरिनेछ ।

अहिले ‘च्यालेन्ज ट्रायल’ गर्ने कुरा उठेको छ जसमा खो’प दिइएका व्यक्तिलाई जानीजानी को’रोना भाइ’रसबाट संक्रमित बनाइन्छ । तर, यसको उपचार पत्ता नलागेको कारण यसबारे नैतिक प्रश्न पनि रहेका छन् ।

कहिले पाउन सकिन्छ खो’प ?

यो वर्षको अन्त्यसम्म खो’प तयार हुने सम्भावना रहेको छ । तर, तत्कालै यो सबैका लागि उपलब्ध हुनेछैन । यसलाई प्राथमिकताका आधारमा प्रदान गरिने बताइएको छ ।

यद्यपि, यो चरणमा पुगेको अक्सफोर्डको खो’पमात्र एक्लो होइन । अमेरिका र चीनमा विकास भइरहेको खो’पले पनि यस्तै नतिजाहरु दिइरहेको रिपोर्टहरु प्रकाशित भइरहेका छन् । अमेरिकी कम्पनी मोर्डना, बायो एनटेक र पीफाइजरले निर्माण गरेको आरएनए खो’पले पनि सकारात्मक नतिजा दिइरहेका छन् । अक्सफोर्डजस्तै तरिका प्रयोग गरेर चीनमा निर्माण गरिएको अर्को खो’पको नतिजा पनि सकारात्मक रहेको बताइएको छ । – बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्