corona sankramit

लकडाउन खुले सँगै संक्रमणको जोखिम झन् उच्च देखिंदै

काठमाडौं, ०८ साउन। सरकारले संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरू बताउछन। उनीहरूले कुनै पनि बेला को’भिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ ।

मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल निकै बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडाउन खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको हो । सरकारले एकै पटकमा लकडाउनको अन्त्य गर्दा संक्रमणको दर बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय अपरिपक्क भएको जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले बताए । नेपालमा को’रोना संक्रमणको वास्तविक अवस्था पत्ता नलगाई अन्त्य गरिएको लकडाउनको नतिजा सही नआउने उनी बताउँछन् । अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ, बुधबार पनि सरकारले दुई जनाको मृत्यु भएको बताइरहेको छ ।

यस्तोमा लकडाउन टुंगियो भन्दा संक्रमितको अवस्था के होला भन्ने सोचाइमा परिन्छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।’

डा. कार्कीका अनुसार डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्नेछ । लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनुपर्छ । स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनुपर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनुपर्छ ।

कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनुपर्छ । लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित हुनुपर्छ । लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनुपर्छ । ‘डब्लूएचओले तोकेका चारवटै आधार पूरा भएको सुनिश्चिततापछि मात्र लकडाउन खोल्ने हो,’ डा. कार्कीले भने, ‘अरू त अरू, तर हामीकहाँ लकडाउन हुँदा र खुलेपछि बिरामीको उपचारका लागि अस्पतालको तयारीसमेत खासै फरक छैन ।’

सरकारले डब्लूएचओका कुनै पनि आधार पूरा नगरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘अब कुनै पनि बेला संक्रमित संख्या बढ्न सक्छ र पुनः लकडाउनमा फर्किनुपर्ने हुन सक्छ ।’

छिमेकी राष्ट्र भारतमा को’रोनाका संक्रमण दर कम नभएसम्म नेपालमा को’रोना संक्रमित देखिन नछाड्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विभिन्न संचार माध्यम मार्फत बताउँदै आएको अवस्थामा जनस्वास्थ्य विज्ञहरुसँग पर्याप्त छलफल नगरी लकडाउनको अन्त्य गर्दा को’रोना संक्रमणको झन जोखिम बढ्ने देखिन्छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्