ढुंगे छपनी

शिवा र खेमराजको गीतमा रबिना र शंकरको रोमान्स (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी” सार्वजनिक भएको छ।

बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन ।

बजारमा आएको “ढुंगे छपनि“ बोलको गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्रदेशी गायक सुर्य खड्काको लय रहेको छ ।

दुर्गा पौडेलको छायाँकन, चर्चित निर्देशक शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम शंकर बिसीको अभिनय देख्न सकिन्छ । गीतका हरेक शब्दमा हाम्रो ठेट नेपालि शब्दलाई जस्ताको त्यस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ ।

जापानको पेन्टा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुरालीको संगीत संयोजन रहेको छ । लोकप्रिय सर्जक केशव पौडेलको युटुब् च्यानलबाट बजारमा आएको उक्त गीतले कति दर्शक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ ।

गीतले पूर्ण सफलता पाउन सकोस् हाम्रो तर्फबाट शुभकामना सहित यो भिडियो तपाईंहरुका लागी ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्