Bhote Kukur

गीतको नामै भोटे कुकुर राखेपछि कलाकारलाई सास्ती; हेर्नुहोस ! भिडियो सहित

गत वर्ष जस्तै यसबर्ष पनि दियान मिडियाले तीज गीत बजारमा ल्याउने क्रममा टिकटक कण्ड भाग २ ‘भोटे कुकुर’ सार्वजनिक गरेको छ ।टिकटक काण्डको सफलता सँगै दर्शकको माया र हौसलाका कारण त्यसै गीतलाई निरन्तरता दिंदै यसबर्ष पनि भाग २ बजारमा लिएर आएको दियान मिडियाका संचालक एवम सर्जक नारायण भट्टराईले जनाए ।

भट्टराई भन्छन, ‘हामीले गीतको नाम भोटे कुकुर राखेकाले कतिपयले हामीलाई नै भोटे कुकुर भनेर बोलाउन थालेका छन्। कतिले फेसबुक पोस्ट हरुमा, भोटे कुकुरलाई बधाई छ, भोटे कुकुर लाइ सफलताको सुभकामना भनेर टिप्पणी दिंदा भने हासो पनि लाग्यो। उनले भने।

अहिलेको को’रो’नाको र खाध्यबालि मास्ने सल’हको महामा’रीको समयमा अत्यन्तै मिठो स्वर, शब्द, अभीनय र समय सान्दर्भिक टिकटक काण्ड २ को तीज बिशेष गीत “भोटे कुकुर” सम्पुर्ण नेपालीहरु माझ लोकप्रिय बन्दै छ ।

गायक हेम शर्मा ‘मुस्कान’ भने यो टिम कहिलै नछुटोस भन्ने चाहन्छन । यता गायक तथा मोडल निश्चल दवाडी पनि छोटो समयमा राम्रो काम गर्न पाउँदा निकै हर्षित छन । सर्जक राजु केसी पनि आँफुले दोहोरीबाट बटुलेका अनुभबका आधारमा गीतको शब्द लेख्ने प्रयास गरेको बताउँछन ।

सामाजिक यथार्थता चित्रण गरिएको गीतमा निश्चल दवाडी, हेम शर्मा ‘मुस्कान’ अनिता पन्त र शान्ति अधिकारीको स्वर रहेको छ । राजु केसीका शब्दमा नारायण भट्टराईले लय भरेका छन् ।

तारानाथ आचार्यले संगीत संयोजन गरेको गीत डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड भएको हो भने अडियो मास्टरिङ्ग स्टुडियो मालश्री काठमाडौंमा गरिएको हो ।

‘एकदमै अन्तिम समयमा आएर गीत रेकर्ड गर्ने निर्णय गर्नुभयो, जबकी मेरो समय अत्यन्तै ब्यस्त थियो । मलाई कुर्नुभयो त्यसैले दुई दिन पछी भएपनी एरेन्ज गरियो ।’ खुशी ब्यक्त गर्दै एरेन्जर तारानाथ आचार्य भन्छन, ‘अत्यन्तै द्रुत गतीमा काम गरियो र सबै कुराले साथ पनि दियो । हिजो भाग एक देखी आज भाग दुई बनाउने समय सम्म मलाई यस टिममा छुटाउनु भएको छैन भाइहरु प्रती आभारी छु । आगामी यसको अन्य भाग गर्दा पनि सहकार्य गर्ने अवसर मिल्ने छ भन्ने आशामा छु । गीतले चौतर्फी चर्चा सहित सफलता पाओस मेरो तर्फबाट शुभकामना टिकटक काण्ड भोटे कुकुर टिमलाई |’

टिकटक कण्ड भाग २ ‘भोटे कुकुर’
‘गत बर्ष भन्दा राम्रो प्रतिकृया आउँदा खुशी लागेको छ ।’ मोडल अबिरल अधिकारी भन्छन, ‘अहिलेको समयलाई हेर्दा गीत कसरी गर्ने होला जस्तो लागेको थियो तर गीत गरियो र राम्रो पनि भयो ।’

त्यस्तै यता गीतकी गायिका अनिता पन्त पनि खुशी देखिन्थिन । उनी गीत सार्वजनिक भएसँगै खुशी ब्यक्त गर्दै भन्छिन, ‘पोहोर पनि मिलेर समुहमा काम गरियो राम्रै भयो र यसपाली पनि निकै राम्रो काम गर्ने अवसर पाइयो खुशी नै छु ।’

शिव भुर्तेलको निर्देशनमा तयार पारीएको गीतमा राजन सुबेदिले शह निर्देशनको काम गरेका छन । ‘पानीले अलिकती झ्याउ गरायो तर काम गर्दै गर्दा निकै रमाइलो भयो ।’ निर्देशक भुर्तेल भन्छन, ‘यो अवस्थामा शुटिङको लागि घर पाउन निकै झन्झट भयो एकदिनको शुटिङ समेत स्थगित गर्नुपर्‍यो ।’

यता गयिका शान्ती अधिकारी भने गाउन भन्दा मोडलिङ गर्न गाह्रो भएको बताउँछिन्। ‘बिशेष त मेरो क्षेत्र भनेको गायन हो, तर यस गीतमा अभिनय समेत गर्ने आँट गरेकी छु ।’ गायिका अधिकारी भन्छिन, गीत गाउँन भन्दा अभिनय गर्न साह्रै गाह्रो ।’

शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेको गीतमा सुरेश भुर्तेलले शह छायांकनको रुपमा काम गरेका छन् । गीतमा निश्चल दवाडी, अनिता पन्त, शान्ति अधिकारी र अविरल अधिकारीको अभिनय देख्न सकिन्छ । गीत दियान मिडियाको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-.

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्