चितवनको नारायणगढ – मुग्लिन सडकखण्डमा पुनः सडक अवरुद्ध

mugling sadak

चितवन, ०९ साउन। चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो ।

पहिरो गएराति करिब ८:४५ बजे खसेको थियो। चारकिलोको पहिरो ३६ घन्टामा पन्छाएर मंगलबार दिउँसो ४:३० बजे सडक एकतर्फी खुलाइएता पनि पुन : पहिरो खसेपछि आवत जावतमा समस्या आएको छ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले बताए ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए । उनीहरू सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारीसाधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्