भारतको मुम्बईस्थित सान्ताक्रुज इलाकामा नायिकासँग विवाहको आश्वासन दिएर बला’त्कार गरेको आरो’पमा एक कन्ट्र्याक्टर विरुद्ध मु’द्दा दर्ता गरिएको छ । मुम्बई प्रहरीको तर्फबाट सुदीप कुमार शाह नामका व्यक्ति विरुद्ध मु’द्दा दर्ता गरिएको हो ।
प्रहरीको दुई ऊजुरीमा नायिकाले उनी ओशिवारा इलाकामा बस्ने र उनले सुदीपलाई सन् २०१६ देखि नै चिनेको जानकारी लेखेकी छिन् । सुदीपले आँफूलाई विवाहको आश्वासन दिएको र आँफूहरु बीच शारीरिक सम्बन्ध पनि स्थापित भएको उनले बताइन् ।
तर पछि उनलाई सुदीप पहिले नै विवाहित भएको थाहा भएपछि नायिकाले बला’त्कारको मु’द्दा हालेकी हुन् । आरो’पीले नायिकासँग घर खरिद गर्नका लागि पैसासमेत लिएको आरोप लागेको छ ।
भारतीय मिडिया दैनिक भास्करसँगको कुराकानीमा नायिकाले सुदीपले एक अपपार्टमेन्ट खरिद गर्नका लागि आँफूसँग पैसासमेत लिएको भन्ने जानकारी दिएको बताए । आरो’पी विरुद्ध मु’द्दा दर्ता भएपनि उनलाई पक्राउ भने गरिएको छैन । एजेन्सी