Bishnu-majhi teej geet

बिष्णु माझीको तीज गीत सार्बजनिक “आफ्नै बास्तबिकता पोखिन गीत मार्फत”: (भिडियो)

नेपाली लोक दोहोरी क्षेत्रमा स्वर साम्राज्ञी भनेर चिनिने गायिका हुन् बिष्णु माझी, उनको स्वरको बयान गर्न शायद सबै शब्दहरु कम पर्छन् । उनका जतीपनी लोक दोहोरी गीतको चर्चा हुन्छ त्यो बढी तीज गीतको पर्खाइ र चर्चा हुने गर्छन् । बिगतका तीजहरुमा पुतलिको भट्टि एल्बम मार्फत बिभिन्न गीतहरु पस्किदै आएकी माझीले यस बर्ष पनि पुतलीको भट्टि भाग १६ ल्याएकी छन ।

माझीको तिज गीतको प्रतिक्षामा बस्नेहरुका लागी अडियो मार्फत सार्वजनिक गरिएको “नदिया सलसल” बोलको गीतको हालै मात्र भिडियो पनि सार्वजनिक गरिएको छ । लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो, तीज, तीजको समय कलाकारहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ । तर बिष्णु माझीलाई भने यो लागु हुँदैन। उनको हरेक तिजमा एउटा गीत आउँछ र सुपर हिट हुन्छ ।

उक्त गीतमा माझीको श्रीमान् सुन्दरमणी अधिकारीको लय शब्द रहेको छ भने, गीतको भिडियोमा ललिता पौडेलले अभिनय गरेकी छन् । यो गीत सपना डिजिटलबाट बजारमा आएको हो भने, गीतको भिडियो निर्देशन सुन्दरमणीले नै गरेका हुन् । जसमा काजी श्रेष्ठले कोरियोग्राफी गरेका छन्।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्