मृत्यु

कोरोना संक्रमणबाट एक १७ बर्षीय युवतीको मृत्यु

बारा, १० साउन। नेपालमा आरडीटी परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवती हुन्।

उनको मृत्युअघि नै स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ। स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भिर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याईएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गर्दा आरडीटि पोजटिभ देखिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिहिबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने औपचारिक जानकारी दिन बाँकी नै रहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्