प'क्राउ

जिल्ला वन कार्यालयका डिभिजन प्रमुख र उनकि श्रीमती घुस रकमसहित पक्राउ

सुनसरी, १० साउन। जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु शाह र उनकि श्रीमती सेवाग्राहीसंग घुस लिंदै गर्दा रकमसहित पक्राउ परेका छन् ।

उनलाई सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसंग लिएको घुस रकम सहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो। वन कार्यालयको बा २ झ ४१० नम्बरको गाडीमा घर जादैे गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले गाडीमा लुकाई राखेको श्रोत नखुलेको ५ लाख ५३ हजार रुपैंयाँ बरामत गरेको छ। पक्राउ परेका दुबैजनाको अनुसन्धान भैरहेको अख्तियारले जानकारी दिएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्