काठमाडौं, १० साउन। कोरोनाको जोखिम कतै घट्दो त कतै बढ्दो क्रममा छ। यसको जोखिम मानिसको रोग पर्तिरोधि क्षमतामा भर पर्छ, कसैलाई छिट्टै कमजोर बनाउछ त कसैलाई खासै केहि नगर्न पनि सक्छ।
गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गरेको थियो र उच्च जोखिम हुनेलाई सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि कोरोनाको जोखिम समूहमा थिए ।
डब्ल्यूएचओले सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै भनेको थियो, ‘दीर्घरोगी र ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसलाई पनि संक्रमणको जोखिम बढी हुन्छ, अन्य मानिसभन्दा उनीहरु बढी सचेत हुनुपर्छ ।’
डब्ल्यूएचओका अनुसार धुम्रपानाका कारण हरेक वर्ष विश्वभरि करिब ८० लाख जनाको मृत्यु हुने गर्छ । धुम्रापानका कारण निम्तिएको रोग भएको मान्छेमा कोभिडले धेरै क्षति गर्ने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् ।
नेपालमा पनि ८० प्रतिशतभन्दा बढी मृत्यु धुम्रापान सेवनका कारण देखिन्छ। यस अर्थमा कोभिडका कारण ज्यान गुमाउनेहरुमा कुनै न कुनै दीर्घरोग झेलिरहेका मानिसहरु परेको देखिन्छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार धूमपान गर्नेको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । चुरोट सेवनले रोग प्रतिरोधात्मक कोषिकालाई दबाउने र निष्क्रिय बनाउनुका साथै फोक्सोका कोषिकाहरूमा असर पार्छ ।
११ हजार ९० जना कोभिड बिरामीमा गरिएको एक अनुसन्धानका अनुसार भर्खरै धूमपान गर्न सुरु गरेकाहरुलाई भन्दा लामो समयदेखि धूमपान गर्नेहरु ज्यादा सिकिस्त भएको देखिएको छ।
‘कोरोना संक्रमण हुँदा प्रत्यक्ष असर हुने भनेको रोग प्रतिरोधात्मक क्षमतामा हो, शरीरमा भाइरसको प्रवेश गरेपछि मानिसको कोषिकाहरु ड्यामेज गर्छ,’ डाक्टर पुनले भने, ‘सुर्ती सेवन गरेर कमजोर बनेको मानिसको रोग प्रतिरोधात्मक क्षमता भाइरसले झन् कमजोर बनाउँछ र मानिसको मल्टी अर्गान फेल हुन सक्छ ।’
चीनमा गरिएको एक अध्ययनअनुसार जसमा कोरोना संक्रमणको गम्भीर असर देखिएको थियो र आइसीयू तथा भेन्टिलेटरमा राख्नु परेको थियो ति व्यक्तिहरु बढी मात्रामा धुम्रापान सेवन गर्ने व्यक्तिहरु थिए। अन्य व्यक्तिलाई भन्दा धुम्रापान सेवन गर्ने व्यक्तिलाइ बढी असर गरेको देखिएको छ।
विभिन्न देशमा गरिएका अध्ययनको अनुसार भाइरसले श्वासप्रश्वासमा आक्रमण गर्छ भन्ने देखिएको छ । धुर्म्रापानले पनि श्वासप्रश्वास प्रणालीलाई नै कमजोर बनाउँछ। त्यसैले, धुम्रपान गर्ने व्यक्तिमा कोरोनाको प्रतिकूल असर पर्ने गरेको हो । मुटु रोग र क्यान्सरको जड पनि धुम्रपान हो। ती दुवै प्रकारका रोगी कोरोना संक्रमणको उच्च जोखिममा पर्छन ।
यसरी गरिएका विभिन्न अध्ययनका अनुसार धुम्रपान सेवन गर्नेहरुमा कोभिडको लक्षण ज्यादा देखिने, आईसीयूमा बस्नु पर्ने र मृत्यु हुने सम्भावना धेरै हुन्छ। धुम्रपान सेवन गर्ने व्यक्तिलाई कोरोनाले बढी छिटो आक्रमण गर्ने देखाएको हुँदा धुम्रापन बाट टाढा रहे कोरोना संक्रमणबाट धेरै हद सम्म आफुलाई सुरक्षित राख्न सकिने अध्ययनले देखाएको छ।