मृत्यु

पहिरो खस्दा बेपत्ता भएका दुई चालक मध्ये एक जनाको शव फेला

बाग्लुङ, ११ साउन । शनिबार राती बाग्लुङ नगरपालिका–१ खनिया घाटमा गएको सुख्खा पहिरो खस्दा बेपत्ता भएका दुई चालक मध्ये एक जनाको शव फेला परेको छ ।

ट्याक्टर चालक रोशन किसानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा खोजी तीव्र भइरहेको प्रहरीको भनाई छ ।

लगातार पहिरो खस्दा उनीहरुको उद्दारमा कठिनाइ भएको बताइएको छ ।

मध्यपहाडी लोकमार्गको रामरेखा खण्डका लागि ग्राभेल सामग्री निकाल्ने क्रममा गएको सुख्खा पहिरोले एक स्काभेटर, एक ट्रिपर र एक ट्रयाक्टर पुरिदा दुई चालक वेपत्ता भएका हुन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्