कोरोनाले पारेको असरलाई मध्यनजर गर्दै सहकारीहरुले पनि ऋणीहरुलाई राहत दिने

सहकारी

नेपालमा कोरोनाले पारेको असरलाई मध्यनजर गर्दै सहकारीहरुले पनि ऋणीहरुलाई राहत दिने भएका छन् । कोरोना र लकडाउनले गर्दा धेरैको आम्दानीको स्रोत बन्द भएको र जागिर गुमेको हुँदा सबैको समस्यालाई मध्यनजर गर्दै सहकारी विभागले ऋणीलाई सहुलियत दिन सकिने व्यवस्था गरेको हो । विभागले निर्देशन जारी गर्दै १ वर्षसम्म भाका सार्न सकिने जानकारी दिएको छ।

कोरोनाबाट प्रभावित भएका व्यवसायीको असुल हुन नसकेको ऋणको भाका अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्नेछन्। यता ६ महिनाभन्दा बढी १ वर्षसम्म नियमकको पूर्व स्वीकृति लिएर पनि भाका सार्न सकिने निर्देशनमा उल्लेख छ।

२०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई व्यवसायमा परेको असर मूल्याङ्कन गरी संचालक समितिले बढीमा ६ महिनासम्म भाका सार्न सक्ने छ। त्यस्तै साँवा र ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट ब्याज, अतिरक्त शुल्क तथा जरिवाना लिन नपाउने व्यवस्था विभागले गरेको छ।

महामारीको समयमा संस्थामा जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सञ्चालक समितिका पदाधिकारी संयोजक र व्यवस्थापन प्रमुख सदस्य रहनेगरी कम्तीमा ३ जनाको जोखिम व्यवस्थापन कार्यदल गठन गर्न सहकारी संस्थालाई विभागले निर्देशन दिएको हो।

गत आर्थिक वर्षको असुली हुन बाँकी ब्याज रकमलाई साउन महिनाभर प्राप्त भएमा पनि गत आर्थिक वर्षकै आम्दानी मानी लेखाङ्कन गर्न चाहेमा एक पटकका लागि सहकारीलाई छुट हुने भएको छ।

सहकारी
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्