'थाइल्यण्डको सारी' तीज गीत

शान्ति श्री परियार र टेकराज आचार्यको गीतमा यसरि नाचिन करिश्मा (भिडियो)

२०७७ सालको तीजलाई लक्षित गर्दै ‘थाइल्यण्डको सारी’ तीज गीत सार्वजनिक गरिएको छ । गीतमा टेकराज आचार्य र शान्ती श्री परियारको आवाज रहेको छ ।

तीजको समयमा घरमा हुने श्रीमान श्रीमती बिचको रमाइलो कुराकानीलाई गीतमा समाबेश गरिएको छ । नबिन श्रेष्ठले शब्द सिर्जना गरेको गीतको लय सिर्जना भने टेकराज आचार्यले गरेका हुन ।

पूर्ण संयोगले संगीत संयोजन गरेको गीतको रेकर्डिङ भने स्टुडियो मरुनीमा भएको हो । त्यसइ गरी गीतको अडियो मस्टरिङ्ग कुमार रानाले गरेका हुन ।

स्‍मृती तिमील्सिना “गुरुआमा”ले निर्देशन गरेको गीतमा करिश्मा ढकाल, राइवी डि बिट्स, सन्तोष पाठक, भूमिका पुन मगर, रुक्शा शाही, सञ्जय पराजुलीको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

सुरेश श्रेष्ठले छायांकन गरेको गीतको सम्पादन भने प्रकाश धमलाले गरेका हुन । थाइल्यण्डको सारी तीज गीत आरएन मुभिजको युट्युब च्यानलमा उपलब्ध रहेको छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

'थाइल्यण्डको सारी' तीज गीत

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्