डिजिटल स्टार प्रालीको प्रस्तुतीमा मौलिक तीज गीत “बर्खे झरीलाई” सार्बजनिक भएको छ, अहिलेको बिद्यमान समस्याले माइत जान नपाएकी चेलीको गुनासो समेटेर तयार पारिएको यस गीतमा जुना श्रीश र सृजना कुँवरले स्वर दिएका छन् ।
रेशम निर्दोषको लय शब्द सिर्जनामा तयार भएको यस गीतको संगीत संयोजन तारानाथ आचार्यले गरेका हुन् भने पोखरा स्स्थित डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
यस गीतलाई गणेश सापकोटाले छायांकन गरेका छन् भने बिनु कार्की, मनोज सापकोटा, बुद्धी खनाल, माया गिरी लगायतको अभिनय गीतमा देख्न पाईन्छ ।
यस गीत भिडियो सम्पादन सुबाश अमगाईले गरेका छन् भने निर्देशन तारानाथ आचार्यले गरेका छन् ।
तीज गीत “बर्खे झरीलाई”को पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला :-
