साउथ इन्डियन नायिका विजयलक्ष्मी

साउथ इन्डियन नायिकाद्धारा मानसिक तनावका कारण आ’त्मह’त्याको कोसिस

साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आ’त्मह’त्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ ।

विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको जानकारी दिएकी थिइन् ।

उनले फेसबुकमा एउटा भिडियो पोस्ट गरिन् । उक्त भिडियोमा उनले भनिन्, ‘यो मेरो अन्तिम भिडियो हो । म विगत चार महिनादेखि सीमान र उनका पार्टीका मानिसहरुका कारण असाध्यै तनावमा छु । आफ्नो परिवारका लागि जिउँदो रहन मैले हरसम्भव प्रयास गरेँ तर यस्तो हुन सकिरहेको छैन । मलाई हरि नादरले मिडियामा असाध्यै अपमानित गरेका छन् । मैले रक्तचापको औ’षधी खाएकी छु । अबको केही समयमा मेरो रक्तचाप असाध्यै कम हुनेछ र मेरो मृत्यु हुनेछ ।’

वियजलक्ष्मीले भिडियोमा भनेकी थिइन्, ‘मेरो मृत्यु एउटा उदाहरण हुनुपर्छ । म आफ्ना प्रशंसकलाई सीमान र हरि नादरजस्ता व्यक्तिलाई यत्तिकै नछोड्न आग्रह गर्दछु र मेरो मानसिक शोषण गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय दिइयोस् । ’

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार लक्ष्मी चेन्नईको एक नीजि अस्पतालमा भर्ना छिन् । स्मरण रहोस् सिमान एक तमिल नेशनलिस्ट पार्टीका नेता हुन् भने हरि नादर पनि राजनीतिक पार्टीसँग सम्बन्धित छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्