मृत्यु

नेपालमा कोरोनाबाट एकै दिन दुई २ जनाको मृत्यु

काठमाडौँ, १२ साउन। नेपालमा कोरोनाबाट एकै दिन दुई २ जनाको मृत्यु भएको छ । आइतबार धनुषामा एक र बिरगंजमा १ गरी २ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको पुष्टि भएको हो। मृत्यु हुनेमा धनुषाका ३८ वर्षीय एक युवक रहेका छन् र अर्का एक वीरगञ्जका ६५ बर्षीय बृद्ध रहेका छन्।

धनुषाको शहिदनगर – ८ डुमरिया बस्ने युवक रुघाखोकी र ज्वरोबाट पीडित थिए र उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। उनको अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ। प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए। धनुषामा कोरोनाबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा भने अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ।

उता बिरगंजका ६५ बर्षीय बृद्धको उपचारका क्रममा आइतबार बिहान ६ः१० मा मृत्यु भएको गण्डक अस्पतालका “कोओर्डिनेटर डा.उदयनारायण सिंहले बताएका हुन्।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट कोरोना पोजेटिभ आएको मेसु डा.मदन उपाध्यायले जानकारी दिए। मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो ।

यसरि नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिले सम्ममा ४७ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्