एक मानिसले गाडीबाट झोला फ्याँलेर भगेको अबस्थामा १५ किलो सुन बरामद

gold

काठमाडौं, १३ साउन। काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । अबैधरुपमा भित्र्याएको सुन प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो । सुन भनेर बरामद गरेका हौं। सुन हो कि होइन चेक गराउन बाँकी छ।’ एक प्रहरी अधिकृतले भने।

प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई पिछा गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । अवैध सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सुन सक्कली भएको खण्डमा बरामद सुन अहिलेको बजार मूल्य अनुसार १२ करोड रुपैयाँ बराबर हुन आउँछ।

यो पनि पढ्नुहोस्:

सुनको मूल्य निरन्तर बढ्दो क्रममा आज (मंगलबार) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ । यस्तै चाँदीको मूल्य पनि १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्