आँधी तुफान

यस्तो बन्दैछ ‘आँधी तुफान २’, लकडाउन अवधिमा लेखन कार्य सकियो

केही वर्षयता सिक्वेल निर्माणतर्फ नेपाली निर्माताहरुको आकर्षण बढ्दो छ । ‘ए मेरो हजुर’, ‘छक्का पञ्जा’, ‘नाईं नभन्नू ल’ लगायतका फिल्मका सिक्वेलले बक्सअफिसमा पाएको सफलताका कारण निर्माताहरु हिट फिल्मको सिक्वेलमा लगानी गर्न अगाडि सरिरहेका छन् ।

नयाँ फिल्मभन्दा सिक्वेलमा लगानी डुब्ने खतरा कम हुन्छ । दर्शकमा पनि सिक्वेलप्रति चासो बढी हुने गरेको छ । यसैबिच, एकपछि अर्को सुपरहिट फिल्मको सिक्वेल निर्माण भइरहँदा ०६१ सालमा बनेको फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ ।

लेखक तथा निर्माता मौनता श्रेष्ठले भदौबाट फिल्मको छायांकन सुरु गर्ने बताएका छन् । हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीतमा फिल्मका लागि एक गीत सोमबार रेकर्ड भएको छ ।

एक्सनले भरिएको ‘आँधी तुफान’मा तीन अभिनेत्री पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने लगायतको मुख्य भूमिका रहेको थियो । यसको सिक्वेलमा उनीहरु दोहोरिने सम्भावना कति छ ? भन्ने प्रश्नमा निर्माता तथा लेखक श्रेष्ठ भन्छन्, ‘पुराना कलाकार दोहोरिने सम्भावना कम छ । सकभर अहिलेका चल्तीका अभिनेत्री लिन सक्छौं । उहाँहरुसँग कुरा मिलेन भने पुराना तथा अनुभवी अभिनेत्रीलाई लिनेछौं ।’

श्रेष्ठका अनुसार लकडाउन अवधिमा ‘आँधी तुफान २’लेखन सकाएका थिए । सत्यघटनामा आधारित रहेर निर्माण हुने फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । फिल्मको केही दिनमै कलाकार र निर्देशक सार्वजनिक गर्ने योजना निर्माण युनिटले बनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्