आरडिटी

थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नजिक

काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

साथै देशभर ५ हजार १२९ जना काेराेना संक्रमितकाे उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म १३ हजार ८७५ जनाले काेराेना जितेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्