यस्तो बन्दै पोखरा अन्तरास्ट्रिय विमानस्थल: ६२ प्रतिशत निर्माण सम्पन्न (भिडियो सहित)

pokhara international airport

पाेखरा, १४ साउन। पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ । विमानस्थल आयोजना प्रमुख विनेश मुनानकर्मीका अुनसार आयोजनास्थलमा अहिलेपनि लकडाउन जस्तै छ तर काम भने भईरहेको छ ।

विमानस्थल निर्माणमा अहिले झण्डै ३ सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको मुनानकर्मीले बताउनुभयो । जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुनेहो भने समयसिमामा काम सकिने उहाँले बताउनुभयो ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ। राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।

हेर्नुहोस भिडियो
pokhara international airport
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्