अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

कोरोना भाइरसः ट्रम्पद्वारा उप’चारमा अप्रमाणित औ’षधिको सुझाब

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उप’चारमा हाइड्रो’क्सीक्लो’रोक्वाई’नको प्रयोगको फेरि बचाउ गरेका छन्।ट्रम्पको अभिव्यक्ति उनकै स्वास्थ्य अधिकारीको भनाइसँग मिल्दो छैन। को’भिड-१९ विरुद्धको उप’चारमा औ’लो विरुद्धको यो औ’षधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण त्यो आफूले सुझाउनु रहेको ट्रम्पको दाबी छ।

एक दिनअघि हाइ’ड्रोक्सीक्लोरो’क्वाईनको प्रशंसा गर्दै ट्रम्पका जेठा छोराले पोस्ट गरेको एउटा क्लिपमाथि सामाजिक सञ्जाल ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो। उक्त औ’षधिले कोरोनाभाइरसवि’रुद्ध ल’ड्न सक्छ भन्ने कुराको कुनै प्रमाण छैन। साथै विज्ञहरूले हाइ’ड्रोक्सीक्लो’रोक्वाईनले मुटुमा अ’सर पार्न सक्ने भन्दै सचेत गराएका छन्।

किन ट्रम्पले औलोको औ’षधिबाट कोभिड-१९ निको हुन सक्ने दाबी गरे

गत महिनामात्रै अमेरिकी खाद्य तथा औ’षधिसम्बन्धी निकाय एफडीएले कोरोनाभाइरसको उप’चारमा हाइ’ड्रोक्सीक्लो’रोक्वाईनको प्रयोगबारे सचेत गराएको थियो। उक्त औ’षधिले मुटुको ढु’कढुकीमा ग’म्भीर स’मस्या निम्त्याएको र अरू स्वा’स्थ्य स’मस्या पनि देखिएको भन्दै रिपोर्ट आएपछि त्यसको प्रयोगबारे सचेत गराएको एफडीएले जनाएको थियो।

विश्व स्वा’स्थ्य सङ्गठनले पनि हाइ’ड्रोक्सी’क्लोरोक्वाईन कोरोनाभाइरसको उप’चारमा प्रभावकारी हुने वा त्यसबाट बचाउने भन्ने कुराको हालसम्म कुनै प्रमाण नरहेको जनाएको छ। गत मार्चमा ट्रम्पले पहिलो पटक हाइ’ड्रोक्सीक्लो’रोक्वाईनको प्रशंसा गरेका थिए। पछिल्लो पटक मङ्गलवार ह्वाइट हाउसमा उनले भने, “जब म कुनै कुरा सिफारिस गर्छु तब उनीहरू ‘त्यसलाई प्रयोग नगर्नू’ भन्न रुचाउँछन्।”

गत मे महिनामा डब्ल्यूएचओले सुरक्षाका कारण कोरोनाभाइरसको उप’चारमा हाइड्रोक्सीक्लोरोक्वाईनको परीक्षण गर्न रोकिएको जनाएको थियो। सावधानीका लागि भन्दै थुप्रै देशमा भइरहेको परीक्षण अस्थायी रूपमा रोकिएको उनको भनाइ थियो। अमेरिकामा हालसम्म कोरोनाभाइरसबाट ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने १,४९,००० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। स्रोत: बिबिसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्