बहुप्रतिभाका धनि सर्जक तथा गायक कुशल विश्वकर्माको तीज गीत ‘लैला’ भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा कुशल आफैले लय तथा शब्द सिर्जना गरेका छन ।
गीतले माया प्रेमलाई तीज सँग जोडेको छ । गीतको सम्पुर्ण पक्ष निकै राम्रो रहेको छ । आवाजमा कुशललाई नन्दनी क्षेत्रीले साथ दिएकी छन भने गीतको संगीत संयोजन झलक संगीतमाले गरेका हुन ।
म्युजिक भिडियो निर्देशन मदन खड्काले गरेका छन भने दुर्गेश थापा,नन्दनी क्षेत्री लगायतका कलाकारहरुको अभिनय भिडियोमा देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको गीतलाई अनिल रानाले सम्पादन गरेका हुन । गीतलाई आलाप स्टुडियोले आफ्नो च्यानलबाट सार्वजनिक गरेका छ ।
गीतको पुरै भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :-
