मह जोडी

हरिवंशको हराएको चिनामा कतै न कतै मेरो नाम पनि पक्कै लेखिएकै हुनुपर्छ: मदनकृष्ण श्रेष्ठ

विश्व मित्रता दिवसको दिन पारेर सबैले आफ्नो सबै भन्दा नजिकको साथीलाई सम्झिने गर्छन् । साथीलाई शुभकामना दिँदै उपहार दिने चलन पनि रहेको छ । यसैबिच नेपाली हाँस्यब्यङ्ग्यका धरोहर मदनकृष्ण श्रेष्ठले पनि सामाजिक संजाल फेसबुकको मध्यमबाट आफ्नो नजिकको साथी हरिबंश आचार्यलाई शुभकामना दिएका छन ।

उनले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै आचार्यलाई शुभकामना दिएका हुन । श्रेष्ठले फेसबुकमा लेखेको पोस्ट जस्ताको त्यस्तै तपाईंका लागि :-

आज World friendship day. संसारभरि छरिएर बसिरहनुभएका दर्शक श्रोता मलाई आफ्नु मन मिल्ने मान्छे सम्झनुहुने सम्पूर्ण साथीहरुलाई Happy Friendship day तथा मित्र देब भवः भन्न चाहन्छु ।

हाम्रा हितैषी भाई कुमार ब्यन्जनकारले मदनदाई ,चिना हराएको मान्छेको शुरुको पन्नामा तपाईले लेख्नु भएको कुराहरुलाई आज एक पल्ट तपाईंको फेशबूकमा राख्नुसन भनेर सुझाब दियो ।

कुमार भाईको मीठो सुझाब सुनेर खुशी लाग्यो । त्यसैले यो च्याप्टरलाई धेरैले पढिसक्नु भएको भएतापनि फेशबूकमा कपि पेष्ट गरेकोछु … …
एक दिन छोरा यमनले मलाई सोध्यो- ‘ड्याडी । हजुर एक्लै कतै गइरहँदा बीचबाटोमा हजुरलाई कुनै ठूलो समस्या आइपऱ्यो भने सबभन्दा पहिले कसलाई सम्झनुहुन्छ ?”

मैले सहज रूपमा उत्तर दिएँ- ‘तेरै हरि अङ्कललाई ।”

मेरी छोरी सराना श्रेष्ठ अलि सानै थिइन् । मैले उनलाई सोधे- “छोरी, केही गरी हामी ममीड्याडी दुवै जना मर्यौ भने तँ के गर्छेस् ?
छोरीले पनि सहज रूपमा जबाफ दिएकी थिइन्- ‘हरि अङ्कल छँदै छ नि ।

मेरी श्रीमती यशोदा पनि उस्तै छिन् । मलाई केही गाह्रोसाहो परेर यशोदा, मलाई यस्तो अप्ठ्यारो भइराछ, के गरूँ हँ भनेर सोधें भने उनी पनि सहजै भन्छिन्- “हरिसँग एकपल्ट सल्लाह गर्नुस् न ।”

घरमा परिवारको लिस्ट तयार पार्दा सबभन्दा अगाडि हरिवंशकै नाम लेखिन्छ । मेरा आफन्त, नातेदार वा साथीहरूले भोज, पार्टीमा बोलाउँदा हरिवंशलाई बोलाएकै हुन्छन् । कुनै सङ्घसंस्था वा सामाजिक कार्यहरूमा संलग्न गराउँदा पनि एक जनालाई मात्र नभई दुवैलाई कुनै न कुनै किसिमले संलग्न गराएकै हुन्छ । कुनै भोज वा पार्टीमा एक्लै पहिला पुगें भने एकछिन त हैरानै हुन्छु म । सबैले एउटै कुरा सोधिरहेका हुन्छन्- हरिवंशजी खै नि ? हरि दाइ खै ?

एक्लै आउनुभा ? त्यसरी एक्लैएक्लै आउने हो ? सँगै आउनुपरदैन ? हरिवंश नआउन्जेल ‘हरि आउँदै छ, हरि आउँदै होला, आइपुग्नै लाग्यो, ।आज दुईतिर उस्तैउस्तै काम पऱ्यो, त्यसैले काम बाँडेर हरि उता गयो, मचाहिँ यता आको भनेर जबाफ दिएको हुन्छु ।

यसरी पाइलापाइलामा हरिवंश, कुराकुरामा हरिवंश, सुखदुःखमा हरिवंश,कस्तो मान्छे एक जना जन्मेको होला त यो पृथ्वीमा, जसको नाम हरिवंश राखिएको छ । जसका कारण मेरो जिन्दगी नै हरिवंशमय भएको छ । मलाई लाग्छ, हरिवंशको हराएको चिनामा कतै न कतै मेरो नाम पनि पक्कै लेखिएकै हुनुपर्छ ।
मित्रता दिवस को उपलक्षमा Happy Friendshipday. मित्र देब भवः,
जय मित्रता दिवस … …

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्