रेनुका कोइराला 'जोशना'

अध्ययनका लागि साइप्रस गएकी एक २० वर्षीया युवतीको निधन

अध्ययनका लागि साइप्रस गएकी एक २० वर्षीया युवतीको विदेशी भूमीमा दुर्घटनामा परि निधन भएको छ । अध्ययनका लागि साइप्रस पुगेकी धादिङकी रेनुका कोइराला ‘जोशना’को निधन भएको हो ।

कोइरालाको मोटरसाइकल दुर्घटनामा निधन भएको त्यहाँ रहेका नेपालीले जनाएका छन् । अध्ययनको सिलसिलामा उनी साइप्रसमा थिइन् । २० बर्षिया कोइरालाको निकोसियामा मोटरसाइकल दुर्घटनामा निधन भएको बताइएको छ ।

धादिङको धुनिबेशी –६ धार्के घर भई साइप्रसमा अध्ययनको लागी गएकी कोइरालाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको निकोसीया प्रहरीले पुष्टि गरेको त्यहाँ रहेका नेपालीले जनाएका छन् ।

२५ जुलाइ शनिबार, राति करिब साँढे १ बजे काम गरेर कोठामा फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते अवस्थामा रहेकी कोइरालालाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको श(व जनरल अस्पताल निकोसीयामा रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

2 thoughts on “अध्ययनका लागि साइप्रस गएकी एक २० वर्षीया युवतीको निधन

  • August 4, 2020 at 12:17 pm
    Permalink

    कस्तो अस्पष्ठ समाचार सम्प्रेषण ! मृतक आफै मोटरसाइकल हाँकेकी थिई वा पैदल हिड्दै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिंदा दुर्घटना भएको हो, स्पष्ट भएन ।

    Reply
    • August 4, 2020 at 12:44 pm
      Permalink

      मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको श(व जनरल अस्पताल निकोसीयामा रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्