सिर्जना वाग्ले

दुर्गेश थापा, प्रीती आले, ज्योती मगर जस्ता कलाकार समाजका कुतत्व हुन- (भिडियो)

गीत संगीत भनेकै दर्शकहरुलाई मनोरंजन र चेतना दिने एक खालको सन्देश पनि हो । देश कोभिड–१९ को महामारीको चपेटामा परेता पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी अधिकाशं तिज गीतहरु बजारमा उपलब्ध भैरहेका छन् ।

केहि गीतहरु मन छुने र रमाइला छन् भने केहि गीतहरु बिबादमा परेका छन् । नेपाली नारीहरुका जनहितको लागि आवाज उठाउने सिर्जना वाग्लेले केहि आपत्ति जनाएकी छन । सन्धर्भ दुर्गेस थापाको तिज गित ‘बीच बिचमा ३’ गीतको हो । सिर्जना वाग्ले भन्छिन यस गीतले सकारात्मक संदेश भन्दा नकारात्मक संदेश धेरै जान्छ ।

हरितालिका तिज भनेको ब्रतले श्रिङ्गगरिएको हुन्छ तसर्थ नारीहरुको खिल्ली उडायको जस्तो देखिन्छ । उक्त गीतको म्युजिक कभर फोटो सार्बजनिक भय संगै बिबादमा परेको थियो । बिबादमा परे संगै दुर्गेश थापाले भनेका थिय यो एक गाइजात्रे तिज गीत हो नकारात्मक सोच नाराखिदिनुहोला ।

सिर्जना वाग्लेले दुर्गेश थापालाई ठाडो चुनौती दिएकी छिन । केहि समय अघि मात्र चर्चित पत्रकार ऋषि धमलाको कार्यक्रममा गायक दुर्गेश थापाले अन्तरबार्ता दिदै गर्दा नारायण गोपालको गित गाउन अनुरोध गर्दा भक्तराज आचार्यको गीतलाई नारायण गोपालको गित भनेर गाए । त्यसको पनि सर्बत्र आलोचना भएको थियो ।

वाग्लेले दुर्गेश थापा सँगै सोफिया थापा, प्रीती आले, ज्योती मगर लगयतलाई कुतत्व भन्दै संगीतिक क्षेत्रलाई खिल्ली उडाएको आरोप लगएकी छन । यस्ता गीत भोली पनि आउँछन र म हेर्न सक्दिन भनेकी छन । उनले दुर्गेश थापालाई सच्चिन आग्रह गर्दै ज्योति मगरलाई के हो त्यो ? यती धेरै ऐतिहाँसिक महत्व बोकेको पर्वलाई अर्धनघ्न भएर खिल्ली उडाउन मिल्छ भनी प्रश्न गरेकी छन ।

बाँकी कुरा तलको भिडियोमा हेर्नुहोला :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्