Sonia Gandhi

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पतालमा भर्ना

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।

अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो । राणाले गान्धीको अवस्था अहिले सामान्य रहेको बताए । तर गान्धीलाई पेटको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको केही भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यसबेला उनलाई भेट्न थुप्रै नेताहरु पुगेका थिए । ७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्