बस र स्कुटरको ठक्कर

चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु

चितवन १६ साउन। चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

यो पनि पढ्नुहोस
कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु, ४२ जनामा संक्रमण पुष्टि

पर्सा, १६ साउन । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृ’त्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृ’त्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् ।

कोरोनाका कारण मृत्‍’यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ रहेका छन । कोभिड अस्पताल गण्डकमा उपचाररत जगलम्बा इन्टरप्राइजेजका सिइओ ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति ११ बजे मृ’त्यु भएको हो ।
मुटु रो’गी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाइलाई कोभिड अस्पतालको आइसि’युमा राखिएको थियो ।

उनलाई स्वासप्रश्वासमा सम’स्या आएपछि थप उपचारका लागि भेन्टिलेटरमा राखेर उपचार क्रममा बिहीबार राति करिब ११ बजे मृ’त्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए ।

त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार बिहिवार राति संक्रमण पुष्टि भएका ४२ जना मध्ये ११ जना स्वास्थ्यकर्मी र तीन जना मृगौला रो’गी रहेका छन् ।

यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ११ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका २ जना, लोटस फर्माका कर्मचारी १ जना, मेग्न्स फर्माका कर्मचारी ३ जना ,पर्सा जिल्लाका ८ जना, बारा जिल्लाका २ जना र रौतहट जिल्लाका १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्