उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको शुभारम्भ डिजिटलले पछील्लो समयमा कमेडी तीज गीत “हुत्तियारा पोई” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
सुरेन्द्र दाहालको एल्बममा “हुत्तियारा पोई” मा समाजमा घट्ने यथार्थतालाई ब्यङ्ग्यत्मक शैलीमा समेटिएको छ । गीतमा प्रयोग भएका संवादले गीतलाई झन उत्कृष्ट बनाएको छ ।
गीतको शब्द सपना सापकोटाले कोरेकी छन भने गीतमा लय गोबिन्द चापागाईंले भरेका छन । गोबिन्द चापागाईं र रचना रिमालको आवाजमा रहेको गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।
यादव देवकोटा(सरापे) र सपना सापकोटाको अभिनय रहेको गीतलाई निर्देशन सरापेले गरेका हुन । सागर गौतमले छायांकन गरेको गीतलाई सम्पादन भने मनोज कार्कीले गरेका हुन ।