police van

तर ग’ति बढाएर गाडी भा’ग्यो, प्रहरीले पिछा गर्‍यो त्यसको सु’इँको पाएपछि…

काठमाडौं, २६ साउन। प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सु’इँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो।

यो घ’टना गत मंगलबारको हो। तत्काल काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित ह’तियार फेला पारेको जानकारी दिए। उनले थप अनु’सन्धान भइरहेको बताए। तर, प्रहरीले सुन भनेको धा’तु पछि जाँच गराउँदा साढे १४ किलो चाँदी पुष्टि भयो। आधा किलो मात्र सुन भएको प्रहरीले बतायो ।

प्रहरीको कडा सुरक्षा भएको ठाउँबाटै गाडी कसरी उम्कियो ? यसमा गम्भीर प्रश्न उब्जिएको छ। प्रहरीकै मिलेमतो भएको हुन सक्ने आशंका गरिएको छ। उक्त घ’टनाको छानबिन गर्न महानगरीय अ’पराध महाशाखा प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो।

तर, काठमाडौं प्रहरी प्रमुख ज्ञवाली र अ’पराध माहाशाखा प्रहरी प्रमुख थापाबीच समन्वय अभावका कारण दोस्रो दिनमै समिति संयोजक फेरिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुनीलकुमार यादवलाई संयोजक बनाइयो ।

लु’टपाटको १० लाख नगदसहित न्युरोडबाट घुमुवा प्रहरीसहितलाई प’क्राउ गरेको घ’टनाको जस कसले लिने भनेर ज्ञवाली र थापाबीच हा’नथाप रहेछ। त्यही विषयमा उनीहरूबीच समन्वय अभाव थियो। त्यसैले ज्ञवालीको आग्रहमा समितिको संयोजक परिवर्तन गरिएको स्रोतले जनाएको छ। अ’नुसन्धान अधिकृतबाट त्रुटि

एसएसपी यादव नेतृत्वको समितिले मंगलबारको घ’टनामा प्रहरीका अनुसन्धान अधिकृतको त्रुटि रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार अ’नुसन्धान अधिकृत डीएसपी रञ्जन दाहालले नक्कली घ’टनास्थल देखाएर प्रहरीलाई ग’लत सूचना दिई अनु’सन्धानमा ग’म्भीर लापरवाही गरेको देखिएको छ।

‘दरबारमार्ग महानगरीय प्रहरी वृत्तका डीएसपी रञ्जन दाहालको ग’म्भीर त्रु’टि देखिन्छ’, समितिका एक सदस्यले भने, ‘गाडी र मान्छे तत्कालै समा’त्न सक्ने अवस्थालाई दाहालले बेवास्ता गरेको देखियो। हामी थप छानबिनमा छौं ।

डीएसपी दाहालले उम्किएको गाडीको गलत नम्बर ट्राफिक प्रहरीलाई उपलब्ध गराएको पाइएको छ। उनले ५५१९ हुनुपर्नेमा ५५११ बताएका थिए। आफूलाई पनि गाडी भा’गेपछि मात्र डीएसपी दाहालले जानकारी दिएको ज्ञवालीको भनाइ छ। समिति स्रोतका अनुसार प्रहरीलाई दिइएजस्तो घ’टना विवरण कमलादीमा रहेको सी’सीटीभी फु’टेजमा देखिएको छैन। अनुसन्धानबाट नयाँ घ’टनास्थल सुन्धारा भएको कुरा खुलेको छ ।

स्रोतका अनुसार ‘क्रा’इम सिन’ परिवर्तन गर्नु, ट्राफिक प्रहरीलाई गाडी नम्बर गलत टिपाउनु, जलप लगाएको वस्तुलाई जाँच नगरी सुन भनेर पत्रकार सम्मेलन गर्नु, काठमाडौंका अन्य प्रहरी वृत्तमा समन्वय नगर्नु प्रहरीको मुख्य लापरवाही देखिएको छ। छा’नबिन प्रतिवेदनको अन्तिम चरणमा पुगेको समितिका एक सदस्यले बताए ।

उक्त घ’टनाको तेस्रो दिन बिहीबार सुन का’ण्डका तीन अभियुक्त प’क्राउ परेका छन् भने गाडी पनि फेला परेको छ। देवान पटेल, निलेश सखिया र विजय पटेल नवलपरासीको दुम्कीबाट प’क्राउ परेका हुन्। उनीहरू चेकपोइन्ट कमलपोखरीबाट गाडी लिएर भा’गेको अनु’सन्धानबाट खुलेको छ। सुन्धारामा पुग्दा झोला फ्याँकेर ललितपुर नखिपोटमा गाडी छोडी नागढुंगा पुगेका थिए।

काठमाडौंमा बिरामी ल्याएर बुटवल फर्किंदै गरेको ट्याक्सीलाई मनकामना जाने भनी चढेर भैरहवा पुर्‍याएको अनु’सन्धानबाट खुलेको छ। त्यसपछि प्रहरीले दिएको हुलियाका आधारमा नवलपरासीको दुम्की’बाट ट्याक्सीसहित प’क्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

नखिपोटमा भेटिएको गाडी भने बारा घर भएका इलसाम हुसेनको नाममा रहेको पाइएको छ। प’क्राउ परेका व्यक्ति र घ’टनामा प्रयोग गरिएको गाडीबारे विस्तृत छानबिन भइरहेको महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले बताए। ‘

घ’टनाको विस्तृत छानबिन भइरहेको छ’, डीआईजी पोखरेलले भने, ‘घ’टनामा प्रयोग भएको गाडी र संलग्न नियन्त्रणमा लिइसकेका छौं। अ’नुसन्धान भइरहेको छ ।’ घ’टनामा लापरवाही गर्ने प्रहरी कर्मचारीलाई विभागीय का’रबाही गरिने उनले बताए ।

दरबारमार्गका डीएसपी दाहाल बिहीबार प्रहरी प्रतिष्ठानमा तानिएका छन्। सुन का’ण्डमा लापरवाही गरेका र छानबिनलाई प्रभावित गर्न सक्ने भनेर उनलाई प्रतिष्ठानमा तानिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। दाहालको ठाउँमा प्रतिष्ठानका डीएसपी रामेश्वर पौडेललाई ल्याइएको छ ।

सुवास गोतामे र उपेन्द्र अर्यालले अन्नपूर्ण पाेस्ट दैनिकमा स’माचार लेखेका छन् ।

nepali police

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्