gold

सुन का’ण्डको नया रहस्य: सु’राकको कोठाबाट भेटियो ‘सुन’

काठमाडौँ, १६ साउन। कमलादीमा काठमाडौं प्रहरीले १५ किलो सुन भनेर बरा’मद गरेको पहेँलो धातु सम्बन्धी अ’नुसन्धान वि’वादमा तानिएसंगै फेरी अर्को कुरा को खुलासा भएको छ। सुन त’स्करीका सुराक उमेश श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले बागबजारस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धा’तु बरामद गरेको हो। सो धातु सुन हो भनि पुष्टि गर्नलाई परिक्षण गर्न पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता राजकुमार केसीले जानकारी दिए। सु’राक उमेश श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकेजी वि’वादास्पद सुन अ’प्रेशनमा मुछिएका छन्।

सो अ’प्रेशनको क’माण्ड द’रबारमार्गका डी’एसपी रन्जन दाहालले गरेका थिए। श्रेष्ठलाई द’रबारमार्ग वृतको हि’रासतमा राखेर सार्वजनिक अ’पराध मु’द्दा चलाइएको छ ।

gold

यो पनि पढ्नुहोस

काठमाडौं, १५ साउन। कमलादीमा काठमाडौं प्रहरीले १५ किलो सुन भनेर बरा’मद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान वि’वादमा तानिएको छ । प्रहरीले गरेको ‘सु’न अप्रे’शन’ छानविन समितिका संयोजक फेरिएका छन्। घ’टनामा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भीर लापरबाही देखिएको छ ।

कमलादीस्थित नविल बैंक मोडबाट गत मंगलबार प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदी, आधा किलो सुन र २ थान पे’स्तो’लको अनुसन्धान थप जटिल र शंकास्पद बन्दै गएपछि छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको थियो।

महानगरीय प्रहरी कार्यालयले हिजो (बुधवार) अ’पराध महाशाखाका एसएसपी संयोजक रहेन गरी पाँच सदस्यिय समिति बनाएको थियो । तर, बिहीबार विहान दीपक थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको छ ।

दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको “सुन अप्रे’सनको” घ’टनास्थल नै परिवर्तन गरिएको खुलासा भएको छ । घ’टनास्थल सुन्धारा भए पनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्रा’इम सिन परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।

‘सि’सिटिभी फुटेज विष्लेषण गर्दा घ’टनास्थल परिवर्तन गरिएको देखियो,’ महानगरीय प्रहरी कार्यालयका ती अधिकृतले भने । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।

सुशील कुमार यादवको संयोजकत्वमा समिति पुनर्गठन भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका हुन्। उनका अनुसार, थापालाई छानविन समितिको सदस्यमा राखिएको छ। समितिका अर्का सदस्य एसएसपी किरण बज्राचार्यलाई पनि हटाइएर बज्रचार्य महानगरीय प्रहरी कार्यालयले बनाएको अर्को एउटा समितिको संयोजक गरेको पोखरेलले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्