पोखराका सडकमा क्याडेटहरुले प्लेकार्ड लिएर सडकका छेउ चोकमा उभिए

पोखरा, १७ साउन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारणले नेपाल सरकारले आह्वान गरेको लकडाउन ४ महिनापछि अन्त्य गर्यो तर लकडाउन खुलेसंगै कोरोना संक्रमणको जोखिम बढेको विज्ञहरुले सुचना दिएका छन् ।

यसैबीच लकडाउन अन्त्य भएपनि कोरोना संक्रमण भएको होइन भन्ने सन्देश दिन राष्ट्रिय सेवा दल एल्मुनाईले एनसिसि तालिम लिएका क्याडेटहरुलाई परिचालन गरेको छ ।

यसैबीच एनसिसि एल्मुनाइ गण्डकी प्रदेशले शुक्रबार पोखरामा जनचेतना फैल्याउन मानिसहरुको बढी भिड हुने ठाउँमा क्याडेटहरुलाई राखेर सचेत गराउने काम गरेका छन् । क्याडेटहरुले प्लेकार्ड लिएर सडकका छेउ, चोकमा उभिएका थिए । उनिहरुको प्ले कार्डमा लकडाउन अन्त्य भएको हो कोरोनाको संक्रमण होइन तसर्थ साबधान रहौँ, मास्कको प्रयोग गरौँ, साबुनपानीले हात धोऔँ लेखिएका प्लेकार्डहरु प्रयोग गरिएको थियो ।

पोखराको महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक लगायतका भिड बढी हुने ठाउँ, विभिन्न मल र कम्प्लेक्सको अगाडी ३० जना स्वयंसेवकहरुले शुक्रबार दिउसो २ बजेदेखि साँझ ६ बजेसम्म उभिएर सचेतना फैल्याएको एनसिसि एल्मुनाइ गण्डकी कार्यसमिति निर्देशक उमिला श्रेष्ठले जानकारी दिए। योसंगै एल्मुनाइले रक्तदान, वृक्षरोपण, मन्दिर सरसफाई लगायतका कार्यहरु गर्दै आइरहेको निर्देशक श्रेष्ठले जानकारी दिएका छन्।

यसअघि तनहूँ, लमजुङ, गोरखा लगायतका जिल्लामा कोरोना सचेतना कार्यक्रम गरिसकेको पनि श्रेष्ठले बताए। कार्यक्रममा नेपाली सेनाको पश्चिम पृतना बिजयपुर र रानीपौवामा रहेको भगवतीदल गणले विशेष सहयोग गरेको थियो ।

एल्मुनाई गण्डकीले यसअघि फेवातालमा रहेको जलकुम्भी झार फालेको, लकडाउनको अवधिमा टोलटोलमा पुगेर सचेतना कार्यक्रम गरेको, पोखराका विभिन्न मन्दीरहरुमा सरसफाई गरेको बताए। साथै क्याडेटहरु यसअघि विषेश पर्वहरुमा पोखराका मन्दिरहरुमा भोलेन्टीयर समेत गरेको श्रेष्ठले बताए।आगामी दिनमा नेपाली सेनासंग मिलेर विपद व्यवस्थापनमा सक्दो सहयोग गर्ने बताए ।

के हो राष्ट्रिय सेवा दल ?
परिआएको बेला राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्तीले ओतप्रोत जनशक्ति उत्पादनको लक्ष्य लिएर २०२२ सालदेखि यस्तो तालिम सञ्चालन हुन थालेको हो । तालिम दिन गठन गरिएको सेनाको विभाग हो, राष्ट्रिय सेवा दल । यसले हरेक वर्ष देशभरबाट विद्यालयहरु छनोट गरेर निश्चित मापदण्ड पुरा गरेका विद्यार्थीलाई तालिम दिन्छ ।

क्याडेटलाई दिईने तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम दिइन्छ । सिनियर डिभिजन तालिममा घोडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइने एल्मुनाई गण्डकी निर्देशक श्रेष्ठले बताए ।

हाल देशभर नेपाली सेना राष्ट्रिय सेवा दलको तालिमबाट दिक्षित ५१ हजार भन्दा धेरै व्यक्ति छन् । पोखरा आसपासमा मात्रै यस्तो तालिम लिएका ५ सय भन्दाबढी क्याडेट छन् भने सक्रिय क्याडेटहरु ५५ जना रहेको गण्डकी प्रदेश निर्देशक श्रेष्ठले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्