chitra_bahadur_kc

राजनीति भनेको समाज सेवा हो: अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं १८ साउन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्या’पार बनाएको गुनासो गरेका छन् । उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्या’पार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए ।”

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे । जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था ख’राब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे । उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो वि’वादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिए । उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण स’मस्या आएको बताए ।

सो अवसरमा राजनीतिक वि’श्लेषक विष्णुप्रसाद शर्माले राज’नीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए । उनले देशमा भ्र’ष्टाचार बढेकामा चिन्ता व्यक्त गरे । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्