Dipendra-Khanal

निर्देशक दीपेन्द्र के खनाल ‘चिसो मान्छे’ र ‘लकडाउन’ फिल्म निर्माणको तयारीमा

काठमाडौँ, १८ साउन। निर्देशक दीपेन्द्र के खनालले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन् । ‘पशुपति प्रसाद, धनपति, आमा’ जस्ता चर्चित अनि सामाजिक विषयबस्तुमा चलचित्र बनाउन माहिर निर्देशक दीपेन्द्र के खनालले अब भन एकै चोटी दुई ओटा चलचित्रको निर्देशनमा जुटेका छन् ।

सामाजिक कथावस्तुमा बन्ने फिल्मको नाम ‘चिसो मान्छे’ र ‘लकडाउन’ राखिने दीपेन्द्रले बताएका छन्। दुवै फिल्मको लेखन तथा निर्देशन पनि दीपेन्द्रले नै गर्नेछन्। उनले भने, ‘यस चलचित्रमा अहिलेका मान्छेको स्वभाव, व्यवहार र मानवतालाई प्रस्तुत गरिनेछ ।

अहिले मान्छेहरू अर्कालाई सहयोग गर्ने वा अरूप्रति माया गर्ने कुरामा लोभी अर्थात् चिसो भएको नै चलचित्रको मुख्य विषयवस्तु हो ।’दुवै फिल्म बिहीवार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । कोरोनाको अवस्था सामान्य हुनासाथ ‘चिसो मान्छे’को छायांकन सुरु गर्ने निर्देशक खनालले बताए ।

चलचित्रका लागि कलाकार भने तय भइसकेका छैनन्। स्कृप्टको काम सकिएलगत्तै कलाकार छनोट गरिने खनालको भनाइ छ ।यसअघि दीपेन्द्रले फिल्म ‘आमा’ निर्देशन गरेर वाहवाही पाएका थिए । ‘लकडाउन’ र ‘चिसो मान्छे’ शर्मिला पाण्डेको लगानी रहने छ ।

चलचित्र ‘लकडाउन’मा कोरोनाका कारण भएको लकडाउन र त्यसबाट आम नागरिकमा परेको असरलाई प्रस्तुत गरिने निर्देशक खनालले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्