नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी विभिन्न खालका तीजका गीतहरु बजारमा सार्बजनिक हुने क्रम जारी छ । तीज आउन अझै १८ दिन बाँकी छ ।
अहिलेको बर्तमान परिवेशलाई उतारेर मौलिक तीज गीत लेखन खप्पिस शिब अखेलीको शब्दमा अर्को तीजको गीत “सलह किराले” सार्बजनिक भएको छ । गीत सार्बजनिक भएसंगै धेरै भन्दा धेरै दर्शकहरुको मन पनि जित्न सफल भएको छ |
टिका सानु र सुर्य खड्काको स्वरमा रहेको यस गीतको शब्द शिब अखेलीले लेखेका छन् भने लय गोबिद पौडेलले संकलन गरेका हुन् | तारानाथ आचार्यको एरेन्ज गरेका हुन । गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युबको १५ नंबर ट्रेण्डिङ्गमा स्थान जमाएको छ ।
तारानाथ आचार्यको निर्देशनमा बनेको यस म्युजिक भिडियोको छायांकन गणेश सापकोटाले गरेका छन् । सम्पादन र रंग संयोजन सुबाश आम्गाइले गरेका हुन् भने गीतमा अप्सना थापा ,राजेन्द्र कुँवर ,संकल्प चापागाईं ,बुद्धि खनाल र माया गिरीको अभिनय देख्न सकिन्छ |