सांगितिक क्षेत्रमा आफ्ना उत्कृष्ट सिर्जनाहरुले सबैको मन जितेका श्रीकृष्ण बम मल्लको शब्द तथा लय सिर्जनामा निकै नै मर्मस्पर्शी गीत ‘आमाले नदुखाउनु मन’ भर्खरै मात्र सार्वजनिक भएको छ ।
अन्जु पन्तको आवाजमा रहेको गीतमा यसपाली तीजमा माइती घर जान नपाउँदाको बेदना पोखिएको छ। पछील्लो समयको परिस्थितीलाई प्रस्तुत गरिएको छ । गीतमा गोरे नामको पात्र प्रदेश गएको र कोरोना लागेर घर फर्केको अनी मृत्यु भएको कारण उसकी श्रीमती माइती घर टेक्न नपाएको कहानी प्रस्तुत गरिएको छ ।
कमल सौरागले संगीत संयोजन गरेको गीतलाई एकोस्टिक नेपालमा रेकर्ड गरिएको हो। गीतको प्रकाश मल्लले ध्वनी सम्पादन गरेका हुन ।
श्रीकृष्ण बम मल्लको निर्देशनमा तयार पारीएको गीतको भिडियोमा करिश्मा ढकाल, मनोज कार्की, स्नेहा राना, दिलिप राना, यम श्रीस, कौशिला घर्ती मगर, सोनिया मल्ल, सनम मल्ल, गंगा मल्ल, सोनी मल्ल, समिर मल्ल, चन्द्र परियार, अल्लु अर्जुन लगायतको अभिनय देख्न सकिन्छ ।
बिनोद खड्काले छायांकन गरेको गीतको बिकास ज्ञावालीले भिडियो सम्पादन गरेका हुन ।
गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-
आमाले नदुखाउनु मन तिजमा छोरी आईन भनेर
बाबा ले नदुखाउनु मन तिजमा छोरी आईन भनेर
जन्मेको घर संझेर एता मेरो मन खाईरहन्छ
बर्षे नि तिज चेलिको मन रुवाउन आईरहन्छ
प्यारो भाई नदुखाए मन तिजमा दिदि आईन भनेर
यो बर्षे झरि पाल मुनि बास छोरा र छोरी पर्याछन थलामा
शिरको शिंन्दुर त्यो रातो साडि खोस्यो नि दैबले अामा न पोते गलामा
खोस्यो नि दैबले न पोते गलामा
टेक्दिन माईतिको आँगनी तिजको बेला सेतो सारीमा
पिरैमा रुने त्यो न्यउलि चरि यि ऑशु देखि म संगै रोको छ
खबर पाथें भत्केकोछरे त्यो प्यारो जन्मेको घर देखने धोको छ
त्यो प्यारो माईति घर देखने धोको छ
मेरी आमाले नदुखाउनु मन तिजमा छोरी आईन भनेर
जन्मेको घर संझेर एता मेरो मन खाईरहन्छ
बर्षे नि तिज चेलिको मन रुवाउन आईरहन्छ
प्यारो भाई नदुखाए मन तिजमा दिदी आईन भनेर
