इन्डियन प्रिमियर लिग (आईपीएल)

इन्डियन प्रिमियर लिग सेप्टेम्बरबाट यूएईमा हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी १९ सेप्टेम्बरबाट यूएईमा हुने तय भएको प्रतियोगिताका आयोजकहरुले पुष्टि गरेका छन् । प्रतियोगिताका ५३ खेलहरु दुबई, शारजाह र अबुधावीमा खेलाइनेछ । फाइनल खेल १० नोभेम्बरमा हुने तय भएको छ ।

त्यस्तै, आइपीएलको प्लेअफको हप्तामा तीन टोली सम्मिलित महिला टी–२० च्यालेन्जको पनि आयोजना गरिनेछ । यद्यपि, अस्ट्रेलियाका विकेट किपर एलिसा हेलीलगायत थुप्रै शीर्ष महिला क्रिकेटरहरुले प्रतियोगिताको समयको आ’लोच’ना गरेका छन् ।

अस्ट्रेलियामा १६ अक्टोबरदेखि शुरु हुने महिला बिग ब्यास लिगसँग यस प्रतियोगितालाई जुधाइएको छ । चुनावका कारण सन् २०१४ मा पनि यूएईमा आईपीएलको आयोजना गरिएको थियो । एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल)

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्