काठमाडौं, १९ साउन । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सोमबार मौसमबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमानमा आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ ।
पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी, राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।