गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘मेरो पुर्खा विर गोर्खाली’ सार्वजनिक भएको छ । शंकर थापा स्माईलको स्वर तथा संगीत रहेको गीतको उदय राज पौडेलले संगीत संयोजन गरेका हुन ।
आरबि रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको अडियो मास्टरिङ्ग अशोक महर्जनले गरेका हुन । गीतमा आफ्नो देशको लागि आफुले जे पनि गर्न सक्ने कुराहरु पाउन सकिन्छ । आफुले देशका निम्ती आफ्नो ज्यान समेत बाजी लगाउन सक्ने शब्दहरु गीतमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा भने रुप कार्की र मनोज ओलीको अभिनय देख्न सकिन्छ । निसान कस्यप घिमिरेको निर्देशन तथा सम्पादन रहेको भिडियोमा बुद्ध थापाको सम्पादन रहेको छ ।
गीतको पुरै भिडियो हेर्नुहोस् :-
गीतकार अम्बिका गुरुङ भन्छन, ‘म त नेपालको छोरो’