तीन केजी गाँ’जा सहित दुई युवालाई प्रहरीले प’क्राउ

पक्राउ

विराटनगर, १९ साउन। मोरङको कटहरी गाउँपालिकामा तीन केजी गाँ’जा सहित दुई युवालाई प्रहरीले प’क्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा गाँ’जा ब’रामद गरेको हो ।

प’क्राउ पर्नेमा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र पछाडि बस्ने धरान–१६ का २२ वर्षीय सञ्जीव राई हुन्। प्रहरीले उनीहरुले बोकेको झोलामा उक्त गाँ’जा ब’रामद गरेको बताएको छ।

दुइ व्यक्तिसहित, गाँ’जा र मोटरसाइकल निय’न्त्रणमा लिई आवश्यक अनु’सन्धान शुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्