child death

मकै सखाप पार्ने बँदेल ध’पाउन लागाइयको वि’द्युतले आफ्नै २ छोराहरुको लियो ज्यान

दाङ,१९ साउन। दाङमा क’रेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भा’इ तेजबहादुरको मृत्यु भएको हो ।

मकैबारीमा जङ्गली बँदेल मा’र्नका लागि थापिएको वि’द्युत्मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै स’खाप पार्न थालेपछि त्यसलाई मा’र्न र धपा’उनका लागि बारीमा वि’द्युत् लगिएको थियो । थापिएको वि’द्युत्को ध’रापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई क’रेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई क’रेन्ट लागेको प्रहरीले बताएको छ ।

छोरालाई क’रेन्ट लागेको देखेपछि बारीमा गएका तिनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि क’रेन्ट लाग्दा घा’इते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्