प्रकाश सपुतको हरर्र्र गीत ट्रेन्डिङ नम्बर १ मा (भिडियो सहित )

बदला बरिलै

नेपाली लोकगीत संगीतमा प्रकाश सपुत नाम निकै चर्चामा छ यतिबेला । बोल माया गीतले उठाएको उनको उचाइ कयम राख्ने कसरतमा छन सपुत । जसको फलस्वरुप एक पछी अर्को हिट गीत दिने कोशीस जारी नै राखेका छन ।

सपुतका प्राय गीतहरुले युट्युबको ट्रेण्डिङ्गमा रजाईं गरिरहेका हुन्छन। सपुतको गीत बजार भित्रिएपछी लाग्छ युट्युबको ट्रेण्डिङ्ग उनको निजी हो। तर, यो सबै आमदर्शकले उनलाई दिएको माया हो र उनका सिर्जनालाई दिएको सम्मान पनि हो।

बोल माया सिक्वेयल र दोहोरी ब्याटल सिक्वेललाई निरन्तरता दिएका सपुतले बेलामौकामा त्यो भन्दा बाहेकका फरक धारका गीतहरु पनि पस्किँदै आएका छन। यसो भनिरहँदा बोल माया भन्दा अगाडी उनका गीतहरु नै थिएनन भन्न भने खोजिएको होइन । तर, त्यो भन्दा अगाडी उनको चर्चा खासै हुने गर्थेन जती बोल माया पछी हुन थाल्यो।

पछिल्लो समयमा नेपाली संस्कार ‘नमस्कार’ लाई सांगीतिक रुपमा सबैमाझ पस्केका सपुतले यसवर्षको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको लागी लक्षित गर्दै ”बदला” बरिलै गीत सार्वजनिक गरे। उनको यो गीतलाई पनि अत्याधिक राम्रो प्रतिकृया आइरहेका छन।

देबी घर्तीको स्वर र स्‍मृती शाही र सुनितामी परियारको कोरश आवाज रहेको गीतको शब्द तथा लय सिर्जना प्रकाश सपुतले गरेका हुन। गीतको संगीत संयोजन तथा अडियो मास्टरिङ्ग श्यामस्वेत रसाइलीले गरेका हुन ।

समाजमा घट्ने बिभिन्न बल’त्कारका घ’टनालाई टपक्क टिपेर यो गीतको सिर्जना गरेका छन सपुतले। बिशेष त जसले ग’ल्ती गर्छ उसले कुनै न कुनै तरिकाले स’जाय पाउँछ भन्ने सन्देश उनले यो गीतको माध्यमबाट दिन खोजेका छन।

गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेण्डिङ्गमा प्रवेश गरेको थियो भने ४८ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ्गको शिर्ष स्थानमा पुग्यो। गीतको भिडियोलाई हर’र्र्र गीत भन्न पनि सकिन्छ। उक्त गीतको भिडियोमा एकजना पात्रलाई ब’लत्कार पछी मा’रिएको र त्यो पात्रको आ’त्मा मृत्‍यु पछी बदला लीन आएको प्रसँग कलात्मक ढंगले प्रस्तुत गरेका छन।

सपुतको निर्देशनमा तयार पारीएको गीतको भिडियोमा केकी अधिकारी, ध्रुब कोइराला, हिउवल गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराललाई पाउन सकिन्छ। त्यस्तै बाल कलाकारमा ब्रिशा बराल, एजुलिया आचार्यलाई पाउन सकिन्छ ।

हिमाल शर्मा, मिलन कटुवाल, सर्जुन राइले छायांकनमा साथ दिएका छन भने प्रबिण भट्टले भिडियो सम्पादन गरेका हुन । (दियान मिडिया डट कम)

गीतको पुरै भिडियो यस्तो छ :
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्