चितवन, २० साउन । जिल्लामा कुनै पनि भेला र बैठक नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । लकडाउन हटेको भन्दै केही विभिन्न संघसंस्थाहरुले बैठक संचालन गर्न थालेपछि कडाई गरिएको हो ।
कोरोना जोखिम कायमै रहेको भन्दै भेला र बैठक नगर्न निर्देशन दिँदै उल्लघंन गरेको पाइए संक्रमणरोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
प्रशानले चितवनका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, गैरसरकारी संस्था महासंघ चितवन र जिल्ला सहकारी संघलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् :-
चितवन, २० साउन । चितवनमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने उक्त गिरोहलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चारीको ४ वटा मोटरसाइकल समेत वरामद गरीएको छ । पक्राउ पर्नेहरुमा जिल्लाको इच्छाकामना गाउँपालिकाका रामबहादुर गुरुङ, कालिका नगरपालिकाका योगेश वाइवा र पदमपुरका सुरज गुरुङ रहेका छन् ।
उनिहरुको अन्य विवरण भने खुलाइएको छैन । उनीहरुलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाईएको छ ।