काठमाडौँ, २० साउन। ख्याति प्राप्त अभिनेता राजेश हमालले अब जातको आधारमा हुने वि’भेद माथि ब’हस गर्ने भएका छन्। उनले कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने कार्यक्रम जातको प्रश्नमार्फत जातीय वि’भेदमाथि ब’हस गर्न लागेका छन्।
यो कार्यक्रम १२ भागसम्म चल्ने छ। समता फाउण्डेसनले सुरु गर्न लागेको यो टक सोमा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन्।
पहिलोपटक यस्तो कार्यक्रममार्फत प्रश्न गर्ने जिम्मेबारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भे’दभावमा चित्त नबुझ्ने बताए।
‘हाम्रो संस्कृतिमा, रहनसनहन, समाज, परम्परामा विभिन्न किसिमले गाँसिदै आएका विभिन्न किसिमका प्र’था, कुप्र’थामध्ये सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसलाई गर्ने भे’दभाव हो,’ हमालले पत्रकार सम्मेलनमा भने, ‘यो अमा’नविय व्यवहार हामी संसारभर नै देख्छौँ।
त्यसैले एकदमै जा’दुको छडी चलाएर छुमन्तर गरेर जरादेखि नै उ’खेल्न सकिन्छ र भन्ने प्रश्नचिन्ह पनि छ, अन्योलता पनि छ। तर त्यो हुँदा हुँदै पनि यो मु’द्दामा ब’हस गरिरहने, दर्शकमा भे’दभाव अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ।’
समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले जातको आधारमा केही अघि रुकुममा ६ जना युवाको ज्यान लिने गरी भएको जातीय वि’भेदको घ’टनाले यस विषयमाथि थप ब’हस आवश्यक लागेपछि आफूहरुले जातको प्रश्न सुरु गरेको बताए।