अख्ति’यारका १५ कर्मचारीमा कोरोना संक्रमण

corona test

काठमाडौं, २० साउन। नेपालमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमणबाट सर्वसाधरण नागरिक मात्र नभई उच्च पदस्थक व्यक्तिहरु कर्मचारी हरु समेत प्रभावित हुने क्रम तिब्र गतिमा बढ्न थालेको छ।

देशका विभिन्न जिल्लामा समुदायस्तरमा संक्रमण फैलिइसकेको अनुमान चलिरहेका बेला अख्ति’यार दु’रुपयोग अनु’सन्धान आयोगका १५ कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्ति’यार स्रोतले जानकारी दिएको । संक्रमितमध्ये अधिकांश प्रहरी छन् ।

अख्ति’यारको अप्रे’सनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ शुरु गरिएको अख्ति’यार स्रोतले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर