पाकिस्तान

पाकिस्तानले लियो नेपालको जस्तै निर्णय, जारी नयाँ नक्सामा समेटियो भारतका यी क्षेत्रहरु

पाकिस्तानले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानको मन्त्रिपरिषदबाट पास गरिएको नयाँ नक्सामा जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ पाकिस्तानमा समेटिएको छ ।

मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसबारे जानकारी दिँदै मन्त्रिपरिषदको यो निर्णयलाई विपक्षी पार्टी र कश्मिीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले समेत स्वागत गरेको बताएका छन ।

प्रधानमन्त्री खानले भारतले गत साल अगस्ट ५ मा कश्मीरमा जे गैरकानुनी कदम उठायो पाकिस्तानको अहिलेको राजनितिक नक्शाले त्यसलाई नकार्ने बताए ।

अब पाकिस्तानको स्कूल, कलेज, सरकारी कार्यालयमा मंगलबार जारी गरेको नयाँ आधिकारिक नक्शा हुनेछ । भारतले भने पाकिस्तानले जारी गरेको नक्शाको कुनै वैधता नभएको प्रतिक्रिया दिएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्