लेबनानको राजधानी बेरूतमा विस्फो’टक पदार्थ भण्डारण गरेर राखिएको एक गो’दाममा विष्फो’ट हुँदा मारिनेकाे संख्या ७८ पुगेकाे छ । विस्फो’टबाट नजिकका भवनहरू ध्व’स्त हुनुका साथै करिब ४ हजार मानिसहरु घाइते भएको बीबीसीले जनाएको छ।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार बिस्फोटको आवाज पुर्वी भुमध्य सागरको साइप्रस टापुको २ सय ४० किलोमिटर सम्म फैलिएको थियो ।
गोदाममा २७ सय ५० टन अमो’नियम नाइ’ट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ ।लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्द’नीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कार’बाही गरिने चेता’वनी दिएका छन् ।
घटना लगत्तै ट्वीट गर्दै राष्ट्रपति मिसेलले घटनाको बारेमा गम्भीर अनु’सन्धान थालिने प्रतिक्रिया दिएका छन् ।cघटनालाई लिएर उनले बुधबार मन्त्रीपरिषदको आ’पतकालिन बैठक डाकेका छन्। उनले दुई साता देशमा आप’तकालको घोषणा गर्नुपर्ने बताएका छन्।
घटना पछी लेवननमा तीन दिवसीय शो’क अवधि घोषणा गरिएको छ ।