vaccin

रुसले बनाएको कोरोना भ्याक्सिनप्रति डब्लुएचओको शंका

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रुसले बनाएको कोरोना भ्याक्सिनप्रति शंका व्यक्त गरेको छ। आगामी अक्टोबरदेखि कोरोनाको भ्याक्सिन उत्पादन गर्ने तयारीमा छ, रुस।

भ्याक्सिन उत्पादनका लागि कैयौं गाइडलाइन तयार गरिएको डब्लुएचओले बताएको छ। डब्लुएचओका प्रवक्ता क्रिश्टियन लिन्डमियरले भ्याक्सिनको तेस्रो चरण पूरा नगरी उत्पादनको लाइसेन्स दिँदा खतरनाक हुने बताएका छन्।

रुसका स्वास्थ्यमन्त्रीले शनिबार उनको देशले अक्टोबरदेखि कोरोनाविरुद्ध भ्याक्सिन उत्पादन गर्ने बताएका थिए। सुरुमा डाक्टर र शिक्षकहरुलाई भ्याक्सिन लगाइने उनको भनाइ थियो। उत्पादनसँगै क्लिनिकल ट्रायल पनि जारी रहने उनले बताएका थिए।

डब्लुएचओले आफ्नो वेबसाइटमा क्लिनिकल ट्रायलको चरणमा रहेका २५ वटा भ्याक्सिनको सूची राखेको छ। रुसले अक्टोबरदेखि उत्पादन गर्ने भनिएको भ्याक्सिन भने अझैसम्म प्रि–क्लिनिकल स्टेजमै छ। एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्