कास्कीमा फेरी थपिए ९ नयाँ कोरोना संक्रमित

कोरोना संक्रमण पुष्टि

कास्की, २१ साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो । संक्रमितहरु सबै पोखरा महानगरपालिकाका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १७ देखि ५७ वर्ष उमेर समूहका ९ जना पुरुषमा संक्रमण पुष्‍टि भएको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या १३५४ पुगेको छ ।

यो पनि पढ्नुहोस् :-

पर्सा, २१ साउन। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक १८ वर्षीया युवतीकाे मृत्यु भएको छ। पर्साको पोखरिया नगरपालिका–९ मा बस्ने उक्त युवतीको सोमबार अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

ति युवतीको पनि मृत्यु भैसकेपछि मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

यससँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ, भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ। यस्तै संक्रमित हुनेको संख्या २१,००९ पुगेको छ जसमध्य निको हुनेको संख्या १५,०२६ पुगेको छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर