प्यूठान

आजबाट प्यूठानका दुईवटा वडा पनि ‘सिल’

प्युठान, २२ साउन । आजबाट प्यूठान नगरपालिकाको वडा नम्बर– ७ र ८ मा सिल गरिएको छ । पालिकामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिएको भन्दै प्यूठानको प्रमुख व्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना लगायतका क्षेत्रलाई पूर्ण रुपमा सिल गरिएको हो ।

आजदेखि २५ गतेसम्मका लागी सिल गर्ने हिजो बसेको नगर स्तरीय बैठकले निर्णय गरेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिए । अत्यावश्यक काम बाहेक यातायात, पसल, उद्योग लगायतका सबै सेवा क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ ।

हिजो ट्राभल हिस्ट्री नभएकी २२ बर्षिया युवतीमा कोरोना संक्रमण पुष्टी भएपछि प्यूठानमा पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो । उनी होटल व्यवसायी भएकोले उनको सम्पर्कमा आएका छिमेकी तथा परिवारका सदस्यको स्वाब संकलन गरीएको छ ।

प्यूठान नगरपालिकामा हालसम्म ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ५ जना आइसोलेसनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्यूठान

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्